Logo

चाणक्य नीतिः यी चीजमा मिल्नेछ सम्मान



चाणक्यको नितिमा भनिएको छ, एक सच्चा व्यक्तिले महिलाहरुलाई बहिनीको दर्जा दिने गर्छन् र उनीहरुलाई आफ्नो परिवार जस्तै सम्झिएर सुरक्षा दिने गर्छन् ।
यस्ता मानिसहरु खुशी रहनेछन्
अरुको धनमा नजर राख्नु मानिस कहिलेपनि सुखी हुँदैन । हमेशा आफ्नो मिहेनतबाट कमाएको धनमा सन्तोष हुनु पर्छ, सन्तोषी व्यक्ति सधै सुखी रहन्छ । जो अर्काको धनमा धनमाथी नजर राख्दछ, उसको प्रवृत्ति प्रति शंका हुन्छ ।
यीनीहरुको सधै पतन हुन्छ
अर्काको दुख देखेर खुशी हुने माानिस राक्षस सरह मानिन्छ । सधै अर्काको खेदो खन्ने मानिस आफै खाल्डोमा फस्ने गर्छ । कहिलेकाहीं आफैले आफु शक्तिशाली ठान्नु हुदैन किनकी घमण्डले सधै पतनको बाटो तीर डो¥याउँछ ।
मानसिक शान्ती मिल्नेछ
सधै सबै मानिसहरुलाई सहयोग गर्नुपर्दछ । जसले अर्को मानिसलाई सहयोग गर्छ, उसलाई कुनै प्रकारको समस्या हुँदैन । सहयोग आवश्यक भएका मानिसहरुलाई मद्दत गर्दा उनीहरुको आत्माले आर्शिवाद दिनेछ । जसले अर्कालाई सहयोग गर्दछ उसको मानसिक शान्ति र आनन्दको अनुभव हुने गर्छ ।



प्रतिक्रिया दिनुहोस्