Logo

वामदेवलाई राष्ट्रियसभामा नलगे ओलीलाई प्रधानमन्त्रीबाट विस्थापित गर्ने



काठमाडौं, २९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने वान नगर्ने भन्ने कुरा अझै टुँगो लागेको छैन् । नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिश गरेको छ । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णय मान्न आफू बाध्यकारी नभएको भन्दै सचिवालयलाई नै चूनौति दिएका छन् ।

९ सदस्यीय सचिवालयका ७ जनाको मत अझैपनि वामदेवलाई नै लैजानुपर्नेमा एक छ । तर, ओलीको पक्षमा अहिलेसम्म ईश्वर पोखरेलमात्रै देखिएका छन् । नेकपाभित्र यो विषय निकै चर्चाको शिखरमा पुगेको थियो । एकथरीले अध्यक्ष ओलीले सचिवालयको बहुमतले गरेको निर्णय मान्दिन् भन्नु अलोकतान्त्रिक भएको तर्क समेत गरेका छन् । वामदेवलाई राष्ट्रियसभामा लैजाने वा नलैजाने भन्नेबारे अब बल प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कोर्टमा छ ।

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि वामदेवलाई राष्टियसभामा लैजाने निर्णय कार्यान्वयन नभए प्रधानमन्त्रीबाट नै ओलीलाई विस्थापित् गर्नेबारे अध्यक्ष दाहालले तयारी गरेका छन् । यसको लागि दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रामबहादुर थापाबीच छलफल भएको छ । पछिल्लो समय नेता गौतमको निवास भैंसेपाटीमा भएको भेटवार्ताले ओलीविरुद्ध शक्तिशाली मोर्चाबन्दी भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्