Logo

लागूऔषध सहित दुई युवक पक्राउ



काठमाडौं, २९ फागुन । नियन्त्रित लागुऔषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका पिंगलास्थानस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको २४ बोतल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिकाका शुसिल चौधरी र सिरहा लहान नगरपालिकाका सुजित कुमार यादव रहेका छन । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै स्याङ्जा, वालिङ नगरपालिका पुतलीबजार नगरपालिका सन्देश बिकलाई नियन्त्रित लागूऔषध फेनरागन २० एम्पुल, नोर्फिन २० एम्पुल र डाईजेपाम २० एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.४ ख २३२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सन्देशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्