Logo

त्रिभुवनको निधन भएको दिन



काठमाडौं, ३० फागुन । आज १३ मार्च । आजभन्दा ठिक ६५ वर्षअघि तत्कालिन राजा त्रिभुवनको निधन भएको थियो । स्वीट्जरल्याण्डको जुरिच युनिभर्सिटीको क्यान्टन्स अस्पतालमा शाहको निधन भएको थियो ।

त्रिभुवन विदेशी भूमीमा मृत्यु हुने नेपालका एकमात्र राष्ट्राध्यक्ष हुन् । सन् १९५५ को १३ मार्चमा त्रिभुवनको देहावसानपछि उनका जेठा छोरा महेन्द्र राजा भएका थिए । त्रिभुवनलाई राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा विशेष भूमिका खेलेको श्रेय जान्छ । तर, उनका छोरा महेन्द्रले प्रजातन्त्रमाथि कू गरी पञ्चायती व्यवस्था शुरु गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्