Logo

प्रधानमन्त्री ओली बालुवाटार फर्किए, उपचारमा ५ लाख खर्च



काठमाडौं, ३० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् । उनलाई आज साँझ साँढे ६ बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज भएपनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनलाई चिकित्सकहरुको विशेष निगरानी हुनेछ। त्रिवि शिक्षण अस्पतालले जनाएअनुसार प्रत्यारोपणसहित अन्य उपचार खर्च करीब ५ लाख जति लागेको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जनाएअनुसार अरू सर्वसाधरणलाई लाग्ने खर्चअनुसार नै प्रधानमन्त्रीलाई पनि त्यति नै खर्च लागेको छ ।

उनले प्रष्ट्याए,‘हिसाबकिताब गर्न त पाइएको छैन तर मिर्गौला प्रत्यारोपणमा लाग्ने सामान्य खर्च साढे ४ देखि ५ लाखसम्म हो ।’ उनले प्रधानमन्त्रीको उपचारमा लागेको खर्चबारे बिल प्रधानमन्त्री कार्यालयमा पठाईने पनि जानकारी दिए ।

तस्विर : प्रदीपराज वन्त, रासस



प्रतिक्रिया दिनुहोस्