Logo

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल



काठमाडौं, चैत्र १ । रूपन्देहीको मायादेवी गाउँपालिका–४ झुलझुला (साविक सेमरी गाविस–७ ख) स्थित ४१ कठ्ठा १० धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन मालपोत कार्यालय भैरहवा, नापी कार्यालय भैरहवा तथा भूहरूले चलखेल गरेको खुलासा भएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल गर्ने मालपोत र नापीका कर्मचारी तथा भूमाफियाहरूमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको छ।

पूर्व–पश्चिम राजमार्गबाट लुम्बिनी जाने मुलबाटोमा जोडिएको उक्त जग्गा एक कठ्ठाको करोड रुपैयाँसम्म खरिद–बिक्री हुने जनाइएको छ।

नापी कार्यालयले कित्ताकाट गर्दा मालपोत कार्यालयको निर्देशनमा मात्र कित्ताकाट गर्नुपर्ने कानुनी व्यवस्था छ। तर नापी कार्यालय भैरहवाले मालपोत कार्यालयको निर्देशनबिना नै कित्ताकाट ग(यो।

मालेपात कार्यालयका तत्कालीन एक नायब सुब्बाको नामबाट हस्ताक्षर गरिएको जग्गाधनीको प्रमाण–पत्र प्रतिलिपिमा गुलम हैदर कुजडा र जैनुल कुजडा मुसलमानको नाम राखिएको छ। यसबाट जालझेल गर्दै उक्त ४१ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल गरिएको केन्द्रले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्