Logo

गङ्गामा हराएका यी प्रतिभा, दुई साथीलाई जर्मनले बचाए



काठमाडौं, १ चैत्र । युवावस्थामै फिल्म निर्माणमा प्रतिभा देखाइसकेका मिलन पौडेललाई गङ्गा नदीले बगायो । तपोवन क्षेत्रमा चारजना साथीसहित पुगेका उनी मंगलबार पौडी खेल्ने क्रममा हराएका हुन् । उनको साथमा गएका भुमिका र साहिललाई जर्मन नागरिकले उद्धार गरेका थिए ।

२५ वर्षीय पौडेललाई बचाउन नदीमा फरालेका तुसार कौसिकलाई पनि नदीले बगाएको थियो । टाइम्स अफ इन्डियाका अनुसार उनीहरु अझै भेटिएका छैनन् ।

पछिल्लो समय उनी जामिया मिलिसिया विश्वविद्यालयको नेल्सन मण्डेला सेन्टर फर पिस एन्ड कन्फ्ल्क्टि स्टडिजमा अध्ययन गर्दै आएका थिए । उनी आरसन प्रडक्सनमा फिल्म समेत निर्माण गर्दै आएका थिए । दिल्लीमा भएको दंगाबारे समेत भिडियो बनाइरहेका थिए । काठमाडौं विश्वविद्यालयमा मिडिया विषय अध्ययन गरेका थिए ।

बहुप्रतिभाका धनी मिलन यसै हप्ता ऋषिकेश पुगेका थिए । गङ्गामा डुबिल्की मार्ने क्रममा उनलाई करेन्टले तानेर बगाएको थियो ।-Photo: Facebook Page



प्रतिक्रिया दिनुहोस्