Logo

नेपाल भ्रमण वर्ष २०२० रद्द गरिदै



काठमाडौं, २ चैत्र । सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बुझिएको छ ।

कोरोना भाइरसको संक्रमणले विश्वभर संकट आएपछि भ्रमण वर्ष रद्द गर्ने टुंगोमा सरकार पुगेको हो । सरकारको विश्वस्त स्रोतले जानकारी दिए अनुसार कोरोनाले विश्व महामारी घोषणा भइरहेको अवस्थामा रद्द गर्नुनै ठिक हो भन्ने टुंगोमा पुगिएको हो । अबको मन्त्रिपरिषद् बैठकमा रद्दको प्रस्ताव लगी निर्णयमा पुगिने स्रोतको भनाई छ ।

विश्वभर कतिपय देशले सीमा बन्द देखि आवत्जावत्मा समेत बन्देज लगाएका छन् । कतिपय देशमा मानिसहरु घरबाहिर निस्केका छैनन् ।

भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने सरकारको योजना थियो । तर, कोरोना भाइरसका कारण दुई महिनायता पर्यटक निकै घटेका थिए । पर्यटनको मौसम आइसक्दा व्यवसाय धराशायी भएको छ ।

सरकारले हिमाल आरोहणमा समेत एक महिनाका लागि रोक लगाएको छ । वसन्त ऋतुमा यसवर्ष हिमाल आरोहण नहुने सम्भावना रहेको छ । यसबाट सरकारले करोडौ नोक्शान पर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्