संघीय निजामति सेवासम्बन्धी विधेयकमा मन्त्री र सांसदको मत बाझियो


काठमाडौं, २ चैत्र । संघीय निजामति सेवासम्बन्धी विधेयकबारे विभागीय मन्त्री र सांसदहरुबीच नै मत बाझिएको छ । आइतबार उक्त विद्येयकबारे राज्य व्यवस्था समितिमा गम्भिर छलफल भएको छ ।

संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकमाथि समितिमा आइतबार भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संघीय निजामती सेवा ऐन निर्माणमा राजनीतिक र केही विषयमा आधारभूत सहमति जुटाउन बाँकी रहेको बताए ।

तीनै तहमा कर्मचारी समायोजनको ढाँचाप्रति असन्तुष्टि जनाउँदै मन्त्री त्रिपाठीले हतारमा ऐन बनाउँदा पछि समस्या पर्नेतर्फ सचेत हुनुपर्ने स्पष्ट पारे । तर, समितिका सदस्यहरुले भने निजामती सेवासम्बन्धि विधेयक समितिबाट छिटो पारित गर्नुपर्ने धारणा राखेका छन् ।

विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत कुन सरकार मातहत रहने भन्ने मुख्य विषयमै सहमति हुन सकेको छैन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम