नक्कली शिक्षकमाथी अख्तियारको मुद्दा


काठमाडौ, चैत्र ३ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा पक्राउ परेका छोटेलाल ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । श्री राम्चे आधारभूत विद्यालय मराङ, म्याग्दीका शिक्षक ठाकुरले मध्यमा परीक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्य गरिरहेको भन्ने सुचनाको आधारमा अनुसन्धान हुँदा नक्कली भएको पृष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।

उनले भारत स्थित श्री मोतिउर्रहमान संस्कृत प्राथमिक सहमाध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको झुठ्ठा एवं नक्कली प्रमाणपत्र पेश गरी अस्थायी प्रा.वि. शिक्षक पदमा नियुक्ति पाएका थिए ।

ठाकुरलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालले जनाएका छन् ।