Logo

भाइरसका खतरनाक प्रजातिः कोरोना देखि डेङ्गुसम्म



मधुमाया कार्कीः भाइरस एक संक्रमणकर्ता हो । यो अन्य प्राणीहरुमा निर्भर रहन्छ । यो नाङगो आखाले देख्न नसकिने अत्यन्त सुक्ष्म हुन्छ । तर पनि यसले ठुलो महामारी फैलाउँछ । भाइरसमा भएको जीनले यीनीहरुको उत्परिवर्तन र विकासमा सक्षमा गराउँछ । यसले जीवजन्तु तथा बोटबिरुवा देखि सुक्ष्म जीवाणुमा समेत संक्रमण गर्दछ ।

भाइरसका प्रजातिहरु करिब पाँच हजार भन्दा माथि भेटिइसकेका छन् । भाइरसको संक्रमणले मानिसमा खतरनाक सर्ने तथा नसर्ने रोगहरु लगाउँछ । जनावर तथा बोटबिरुवाहरुमा पनि यसले असर पार्दछ । यो विभिन्न माध्यमबाट एक ठाउबाट अर्को ठाउमा सर्दछ । जस्तैः एच. आई. भी भाइरस संक्रमित व्यक्तिसंग यौनसम्पर्क राख्दा सर्दछ, नोरोभाइरस दुषित खाना तथा पानीबाट सर्दछ, डेंगो भाइरस संक्रमित कीराको टोकाइबाट सर्दछ । सन २०१४ देखी सन २०१६ बीचमा अफ्रिकाबाट आएको इबुला भाइरसको संक्रमणले करिब नब्बे प्रतिशत मानिसले ज्यान गुमाएका थिए । हाल चीनबाट उत्पती भएको कोरोना भाइरस विश्वभरी फैलीएको छ । यसबाट हजारौं मानिसहरु संक्रमित भएका छन् भने कयौँको मृत्यु भइसकेको छ ।

विश्वमा केही यस्ता भाइरस छन् जुन धेरै हानिकारक छन् । विश्व स्वास्थ्य संगठनदेखि लिएर अन्य स्वास्थ्य संगठनले कोरोना भाइरसलाई एक्काइसौं शताब्दीमा महामारी तथा संकटकालको भाइरस भनि घोषणा गरेका छन् । यो भाइरस मानिसहरुबिच धेरै छिटो फैलिन्छ । यसले श्वासप्रश्वास प्रणालीमा विशेष असर गर्दछ । यो भाइरसको रोकथामका निमित्त अहिलेसम्म कुनै खोप तथा एन्टिबायोटिकको उत्पादन भएको छैन् । बैज्ञानिकहरु यसको खोजीमा लागिरहेका छन् । यस भाइरसको कारण विश्वको अर्थव्यवस्था डगमगिएको छ । मानिसहरु त्रासमा छन् । अरु केही भाइरसहरु पनि छन जसले विश्वमा महामारी फैलाएका थिए । ति यसप्रकार छन् ः

१) इबोला भाइरसः यो भाइरस सन १९७६ मा अफ्रिकामा देखीएको थियो । यसको संक्रमणले इबोला भाइरस रोग निम्त्याउँछ । यो रोगले रक्तअल्पता ल्याउनुका साथै शरीरका अङगहरु पनि नष्ट गराउँछ । यो भाइरसको संक्रमणले अफ्रिकामा हजारौं मानिसहरुले ज्यान गुमाउनु परेको थियो ।

२) रेबीज भाइरसः रेबीज भाइरस ई.पू. २३०० मा पागल कुकुरको टोकाइबाट फैलिएको थियो । यो भाइरसले स्नायु प्रणालीमा असर गर्दछ । सन १९२० मा लुइस पास्चरले यस भाइरसकाविरुद्ध खोपको आविष्कार गरेका थिए । जसबाट यो भाइरसको रोकथाम गर्दछ ।

३) एच.आइ.भी भाइरसः यो भाइरस सन १९८० मा अफ्रिकामा बाँदरमा पाइएको थियो । यस भाइरसले मानिसको प्रतिरक्षा प्रणाली कमजोर गराइ मृत्युसमेत गराउँछ । सन १९८० मा यस भाइरसको संक्रमणले बत्तीस लाख मानिसले ज्यान गुमाएका थिए । एच एच एस् का अनुुसार अमेरिकामा प्रत्येक बर्ष ५५ हजार मानिस यस भाइरसबाट संक्रमित हुने गरेका छन् ।

४) हान्टा भाइरसः यो भाइरस सन १९९३ मा अमेरीकामा मुसामा देखीएको थियो । यस भाइरसको संक्रमणले श्वासप्रश्वासमा समस्या ल्याउछ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रकानुसार अमेरीकामा करीब छ सय भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएका थिए जसमध्ये ३६ प्रतिशतले ज्यान गुमाएका थिए ।

५) डेङ्गु भाइरसः यो भाइरस सन १९५० मा फिलिपिन्स र थाइल्यान्डमा देखा परेको थियो । यो भाइरस लामखुट्टेको टोकाइबाट फैलिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक बर्ष पचास देखि सय लाख मानिस डेंगो भाइरसबाट संक्रमित हुने गरेका छन् ।

६)कोरोना भाइरस : कोरोना भाइरस ठूलो परिवारको भाइरस हो । यसले सामान्य रुघादेखि ठूलो प्रकारको घातक रोगसम्म निम्त्याउने गर्दछ । यस्तो उत्पत्ति चीनको हुबेई प्रान्तको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको थियो । तत्काल उक्त भाइरसको नियन्त्रणमा विश्व लागिपरेका छन् । भाइरस के बाट सरेको भन्ने विष्गाय अन्यौंल रहेको छ । यसकारण विश्व त्रसित भएको छ । – एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्