Logo

मुक्तिनाथ मन्दिरको महिमा



मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीहरुको लागि एक महत्वपुर्ण तिर्थस्थल हो । यो समुन्द्र सतहदेखि ३६१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित छ । यसलाई हिन्दुहरुले मुक्ति क्षेत्र र बौद्धमार्गीहरुले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्ने गर्छन् । तिब्बती बौद्धमार्गीहरुका २४ तान्त्रिक स्थानहरु मध्ये छुमिङ ग्यात्सा पनि एक हो ।

मुक्तिनाथ वैष्णवहरुको पनि प्रमुख मन्दिरमध्ये एक हो । शालीग्राम हिन्दुहरुको पवित्र शिला हो । यो तिर्थस्थल शिलाग्राम भगवानको लागि प्रसिद्ध छ जसलाई हिन्दु धर्ममा पुजनिय मानिन्छ । यो कालिगण्डकी नदिमा पाइन्छ । जुन क्षेत्रमा मुक्तिनाथ अवस्थित छ उक्त ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।

हिन्दु धर्मको मान्यताको आधारमा यस क्षेत्रबाट मुक्ति वा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल भएपनि लाखौ सख्यामा हिन्दुुधर्मावलम्बी त्यहाँ जाने गर्छन् । यो हिन्ुहरुको दुर्गम तिर्थस्थल मध्ये एक पवित्र स्थल हो ।

पौराणीक मान्यताअनुसार शालीग्राम शिलामा विष्णुको वास हुन्छ । एक कथा अनुसार भगवान शिवले जालन्धर नामक राक्षससँग युद्धमा जित्न सकेका थिएनन् त्यो समयमा विष्णुले उनको मद्दत गरेका थिए । जबसम्म राक्षस जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजित गर्न सक्दैनथे । यस्तो अवस्थामा विष्णुले जलान्धरको रुप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गर्न सफल भएका थिए । यो कुरा वृन्दालाई थाहा भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको वध गरिसकेका थिए ।

वृन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतित गर्न परोस् भनी श्राप दिएकी थिइन् । फलस्वरुपः कालान्तरमा जो हिन्दु धर्मका आराध्य हुन् ति विष्णुले भगवान शालिग्राम शिला, पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो ।



प्रतिक्रिया दिनुहोस्