Logo

सिराहामा भारतमा काम गरेर आएका ९ जनामा कोरोनाको लक्षण !



चैत ३, सिराहा । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना  संक्रमणको आशंका  देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको छ । उनीहरुमा कोरोनासँँग मिल्नेे लक्षण देखिएको छ ।

केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको हो ।

उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएपछि थप परीक्षणका लागि जनकपुर पठाएको हो ।

  1. रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्