Logo

तयार भयो कोरोना भाइरसविरुद्दको खोप, सोमबार परीक्षण



चैत ३, एजेन्सी । लामो समयको प्रयासपछि कोरोना भाइरसविरुद्दको खोप तयार भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक भोलि सोमबार मानिसमा परीक्षण हुने भएको छ ।
अमेरिकी सरकारको आर्थिक सहयोगमा निर्मित खोप परीक्षण सियाटलस्थित केइजर पर्मान्टे रिसर्च फ्यासिलिटीमा सोमबारबाट सुरु हुने जनाइएको हो ।

नमुना खोप परीक्षणका लागि ४५ जना स्वास्थ्य स्वयंसेवक तयार रहेका अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ती स्वास्थ्य स्वयंसेवक सबै स्वस्थ छन् ।

खोपमा वास्तविक कोरोना भाइरसको कुनै मात्रा नरहेको तर भाइरसबाटै लिइएको हानि नहुने खालका जिनेटिक कोड भने हुने अनुसन्धानमा संलग्न अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

यो खोपले काम गर्छ वा गर्दैन भन्ने पत्ता लगाउन कैयौं महिना लाग्न सक्ने बताइएको छ ।  पहिलो चरणमा बिरामीको कोषलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक पर्ने प्रोटिन उत्पादनका लागि सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।



प्रतिक्रिया दिनुहोस्