Logo

अमेरिकामा अनलाइन व्यापार फष्टायो, अमेजनलाई एक लाख कामदार आवश्यक



एजेन्सी, ४ चैत्र । अमेरिकामा आठ करोड जागिर धरापमा परिरहँदा अनलाइन व्यापार भने फष्टाएको छ । कोरोना भाइरसका कारण मानिसहरु घरबाहिर ननिस्कँदा अनलाइन व्यापार फष्टाएको हो ।

अनलाइन व्यापारको हस्ती एमेजन सामान मागले दबाबमा परेको छ । उसले एक लाख फुल टाइम र पार्ट टाइम कामदार राख्ने तयारी गरेको छ ।

एमेजनले सोमबार ब्लकमार्फत् माग पुर्याउन कामदार चाहिएपछि वृद्धि गर्न लागिएको जनाएको छ । अनलाइन सामान समयमा पुर्याउन पनि समस्या हुनथालेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलदै गर्दा मानिसहरुलाई घरबाहिर सकेसम्म नजान भनिएको छ । मानिसहरुको आवत्जावत् समेत घटेको छ ।



प्रतिक्रिया दिनुहोस्