Logo

कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण



एजेन्सी, ४ चैत्र । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण भएको छ । चारजना मानिसमाथि यसको परीक्षण गरिएको एशोशिएट प्रेसले जनाएको छ ।

खोपमा भाइरसबाट लिइएको हानी नपुर्याउने खालको जेनेटिक कोड लिइएको छ जसका कारण उक्त रोग लाग्छ । खोपको परीक्षण भएपनि निष्कर्षमा पुग्न महिनौं लाग्नेछ ।

४३ वर्षीया महिलामाथि पहिलो परीक्षण गरिएको जनाइएको छ । विश्वभरका वैज्ञानिकहरु खोप निर्माणमा लागिरहँदा अमेरिकी वैज्ञानिकहरुले मानिसमाथि परीक्षण गरेको हुन् ।

खोप र औषधी निर्माता कम्पनिहरु कोरोनाभाइरविरुद्धको खोप र औषधी निर्माणको प्रतिष्पर्धामा छन् । उनीहरुले यसबाट अरबौं डलर आम्दानी गर्ने महत्वाकांक्ष राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्