Logo

सम्पूर्ण विदेशी नागरिकहरुलाई रुस प्रवेशमा रोक



एजेन्सी, ४ चैत । कोरोना भाइरसको संक्रमणमा नियन्त्रण गर्न रुस सरकारले सम्पूर्ण विदेशी नागरिकहरुलाई रुस प्रवेशमा रोक लगाएको छ । रुसी सरकारको आधिकारीक बेवसाइटले सोमबार सम्पूर्ण विदेशी नागरिकलाई रुस प्रवेशमा रोक लागाएको सुचना जारी गरेको हो ।

सुचनामा कोरोना भाइरसको नियन्त्रण गर्न अस्थायी रुपमा विदेशीलाई रुस प्रवेशमा रोक लगाइएको छ । मार्च १८ देखि मे १ सम्म सम्पूर्ण विदेशीहरुलाई रुस प्रवेशमा रोक लगाइएको हो । रुसी नागरिकको स्वास्थ्य र कोरोनाको संक्रमण फैलिनमा रोक लगाउन उक्त कदम चालेको जनाइएको छ । निमय बेलारुससमेतका नागरिकलाई लागु हुने छ ।

कुटनीतीज्ञ, काउन्सेलर, गााडि चालक, रेलवे यूनिट, उच्च स्तरका अधिकारीहरुलाई नियम लागु नहुने व्यहोरा जनाइएको छ । रुसी हवाई एजेन्सीलाई सम्पूर्ण एयर यूनिटलाई जानकारी गराउन २४ घण्टाको समय दिइएको छ । लेवर भिसामा जाने मानिसहरु समेतलाई रोक लगाउने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्