Logo

व्यापारीहरुले कालोबजारिया गरे भने सेनालाई पनि जिम्मा दिनुपर्यो नि- डोरमणि पौडेल



काठमाडौं, ४ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरसको रोकथाममा सरकारले प्रभावकारी कदम चालेको बताएका छन् । उनले पछिल्लो समय कृत्तिम अभाव सृजना गर्नेहरु सक्रिय हुन खोजेकोमा गम्भीरता देखाएका छन् । मुख्यमन्त्री पौडेलसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
कोरोना नियन्त्रण र रोकथामको लागि प्रदेशमा राम्रो काम भएको छ ?
यसको नियन्त्रणका लागि सम्भव भएसम्मका सबैखाले सचेतनाका उपयहरु अलम्बन गरिएको छ । त्यसैले जनताले धेरै यस विषयमा चिन्ता गर्नुपर्दैन जस्तो लाग्छ ।
चिन्ता लिनुपर्दैन प्रदेश सरकारसँग साधन, स्रोत छ ?
केन्द्र सरकारको राजधानी पनि यही प्रदेशमा परेकाले कतिपय कुरा त संघीय राजधानीभित्रै छ । काठमाडौं उपत्यसकालाईं संघीय राजधानीले को–अपरोट गरेको हुन्छ । बाँकी उपत्यका बाहिरका जिल्लाहरु सकेसम्म सावधानी अपनाइएको छ । हुनसक्ने सम्मका काहीहरु सबै जिल्लाहरु गरेका छौं ।
त्यसोभए रोकथामको सरकारले प्रभावकारी कदम चालेको छ ?
यो सरकारले त हदैसम्मको रोकथामका कदमहरु चालेको छ ।
प्रधानमन्त्रीहरुसँग प्रदेश मुख्यमन्त्रीहरुको छलफल भएन होइन ?
प्रधानमन्त्रीज्यू छलफल गर्न सक्ने अवस्थामा हुनुहुन्न । उपप्रधानमन्त्रीसँग छलफल भयो । उहाँसँग भेटघाट हुँदा सबै प्रदेशका मुख्य मन्त्री, सरकार सिरियसली लाग्ने कुरा भयो । उहाँसँग धेरै लामो छलफल भएन ।
उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय समितिले राम्रो काम गरेको छ ?
उपप्रधामन्त्रीज्यूको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले निरन्तर रुपमा काम गरिरहेको छ ।
त्यसोभए प्रदेशमा कुनै समस्या छैन ?
विश्व स्वास्थ्य संगठन डब्ल्यूएनओले नै भनिसकेकाले यो रोगदेखि डराउनु नपर्ने भन्ने होइन । जति डरलाग्दो रोग भएपनि त्यसलाई नियन्त्रण गर्न सावधानी अपनाउनुभन्दा बाहेक अहिले आत्तिर केही हुने होइन । फेरि विश्वव्यापी समस्या भएकाले यो हाम्रोमा त आउँदैआउँदैन भन्ने पनि होइन । तर पनि यो तहबाट गर्न सक्ने रोकथामका प्रयासहरु भइरहेका छन् ।
तपाईंहरु मुख्य मन्त्री भइरहँदा पनि प्रदेश प्रमुखहरुका धेरै गुनासाहरु आएका छन् नि ?
त्यो हाम्रो मात्र कुरा होइन । ती संविधानले दिएका कुराहरु हुन् । संविधानले नै कसलाई कति अधिकार दिने भन्ने कुरा संविधानमै उल्लेख । फेरि मलाई त्यस्तो गुनासो आएको भन्ने पनि थाहा छैन । मसँग त त्यस्तो सम्वाद पनि हुँदैन ।
प्रदेश प्रमुखले राजनीतिक भेटघाट कति जाहेज हुन्छ ?
प्रदेश प्रमुखहरु सबैको अधिकार र कर्तव्य संविधानले स्पष्ट पारेको छ । त्यसमा कसको कति अधिकार हो, सकले के गर्न पाउने के गर्न नपाउने भन्ने क्लियर छ । खासमा प्रदेश प्रमुख भनेको कार्यकारी पद होइन । सम्मानित पद मात्रै भएकाले उहाँहरुले राजनीतिक गतिविधि, चलखेल गर्ने काम हुँदैन । अब अहिले पैmलिइरहेको कोरोना भाइरसका कुरा छन् । त्यस्तै राष्ट्रिय राजनीतिका कुराहरु छन् त्यसमा सहभागी हुने सबैमा छलफल हुने सक्रियता देखाउने, राजनीति भेटघाट गर्ने इच्छा होला । तर, उहाँहरुलाई संविधानले त्यो अधिकार दिएको छैन ।
व्यक्तिगत रुपमा राष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्नु त ठीक हो, तर नेताहरुको घर–घरमा गएर भेट्नु कति जाहेज हो ?
त्यो उहाँहरुले बुझ्ने कुरा हो । यदि नेताहरुले त्यसरी बोलाउनु भएको हो भने पनि ठीक होइन । बोलाउँदै नबोलाईं त्यसरी जानुभएको हो भने त्यति जाहेज होइन ।
राजनीतिक रुपमा प्रदेश प्रमुखहरुले भेटघाट गर्न नपाउनु उहाँहरुका दुःखद् कुरा होइनन् ?
अरु प्रदेश प्रमुखसँग त मेरो भेटघाट भएको छैन । बागमती प्रदेश प्रमुखसँग त मेरो नियमित भेटघाट भएको छ । कतिपय कुराहरुमा हामी छलफल पनि गर्छौं । उहाँले अहिलेसम्म मसँग त्यस्तो गुनासो पोख्नुभएको छैन । अरु उहाँहरुका कुरा मलाई थाहा भएन ।
अहिले मुलुकमा ग्याँसमा कालाबजारीहरु सलबलाइरहेका छन्, तपाईंहरुले कसरी अनुगमन गरिरहनुभएको छ ?
आपतकालीन अवस्थामा कालोबजारी गर्नेलाई हामीले ठेगान लगाउनुपर्छ । यसको बारेमा हामीले क्याबिनेटबाटै निर्णय गरिसकेका छौं । अनुगमनलाई पनि चुस्त, दुरुस्त बनाएका छौं । अहिले नेपालमा ग्याँसको आपूर्तिमा कुनै कमी आएको छैन । ग्याँस हिजो जसरी र जति संख्यामा आउँथ्यो अहिले पनि जस्ताकोतस्तै छ । अस्ति फगुवाको बेलामा एक÷दुई दिन डिस्ट्रब भएको थियो । त्योभन्दा बाहेक कुनै दिन कमी आएको छैन । अहिले ग्याँस ब्यापारीहरुले बीचमा कृतिम अभाव सिर्जना गरिराखेका छन् । तिनलाई अनुगम गरी ठेगान लगाउनुपर्छ । त्यस्ता कालाबजारी गर्नेलाई आवश्यक रुपमा कडाभन्दा कडा कारबाही गर्नुपर्छ भनेर हामीले सम्बन्धित ठाउँमा भनिराखेका छौं । यो विषमा प्रमुख जिल्ला अधिकारीहरुसँग पनि हामीले समन्वय गरेका छौं । राष्ट्रिय आपत परेको बेलामा सबैलाई एक÷अर्कालाई सहयोग गर्नुपर्ने बेलामा अवसरको फाइदा लिने कालाबजारीयाहरुलाई सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय रुपमा लाग्नुपर्छ भनेर तपाईंको मिडियामार्पmत भन्न चाहन्छु । काठमाडौंभन्दा बाहेकका जिल्लाहरुमा त्यस्तो समस्या देखिएको पनि छैन । यस्तो बेला कालाबजारी गर्ने सरासर अपराधी हुन् उनीहरुले ग्याँसमा मात्रै होइन अरु कुरा पनि गर्न सक्छन् । त्यसैले त्यस्तो भेटिएमा हामीलाई जानकारी दिनका लागि सबैमा आह्वान गर्दछु । काठमाडौंका प्रशासकहरु पनि लागेका सम्भवतः त्यस्तो समस्या अब नआउला ।
ग्याँसमा मात्रै होइन, अहिले पेट्रोल पप्पमा लाइन छ नि किन ?
हाम्रो नेपालमा अहिले मात्रै होइन पहिला कस्तो ट्रेन बस्यो भने जब–जब देशमा कुनै घटना, दूर्घटना अथवा नाकाबन्दी हुन थाल्यो भने कालाबजारी गर्ने कुराहरु मात्रै हुने गरेका छन् । अलिकति समस्याका कुराहरु उठ्ने बित्तिकै भोलिपल्टदेखि जहिले पनि खाली तेल, ग्याँसमा समस्या भइहाल्छ । यस्ता कुराहरु धेरै कमी भएको थियो । तर, अहिले फेरि ब्यापारीहरुले त्यस्तो कामलाई दोहो¥याएका छन् । त्यसलाई नियन्त्रण र कारबाही गर्न सबै संयन्त्रहरु लाग्नुपर्छ । कालाबजारी गर्नेलाई सरकार, सञ्चारकर्मीलगायत सबै सरोकारवाला लाग्नुपर्छ ।
कालाबजारीयाहरुलाई सरकारले जति भने पनि कारबाही गर्न सकेन नि ?
ठोस आधार नभइकन कारबाही गर्न नमिल्ने । त्यस्तो ठोस आधारहरु नभेट्टाइने, कसैले यहाँ कालाबजारी ग¥यो भन्छन् । अनि उहाँहरुलाई त्यसको प्रमाण ल्याउनुस् न भन्दा उहाँहरु पनि दिन नसक्ने भएर यस्तो भएको हो । तर, पछिल्लो समयमा कारबाही त भइरहेका छन् ।
अब ग्याँसको जिम्मा नेपाली सेनालाई दिने हो ?
अब व्यापारीहरुले सही ढंगले वितरण गर्न सकेनन्, कालाबजारी गर्ने भए भने सरकारले त नेपाली सेनालाई पनि दिनुपर्यो नि । जनताको आवाज सुनेर सरकार त्यसै बस्न सक्दैन ।
कालाबजारी त भएको छ नि माक्समा कालाबजारी गर्नेलाई त कारबाही भयो नि ?
यसमा जनता पनि सजग र सचेत हुनुपर्छ । सरोकारवालाहरुले पनि त्यसमा आवाज उठाउनुपर्छ । माक्समा त्यस्तो गरिएको भेटिएपछि ग्याँसमा पनि त्यस्तै गरेको हुनुपर्छ । लागेपछि भेटियो नि त्यसैले सबैले यसमा एकजुट भएर लाग्नुपर्छ । बस्ती–बस्ती गएर खोजी गर्नुपर्छ र यस्तो समस्याको बेलामा अभाव सिर्जना गर्ने कालाबजारीहरुलाई कारबाही गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्