Logo

सीतालाई रावणले अशोक वाटिकामा राख्नुको रहस्य



भगवान विष्णुको अवतार एंव मर्यादा पुरुषोत्तम श्री राम प्रति भक्तहरुको अपार श्रद्धा छ । श्रीरामको जीवन सधै धर्मको मार्गमा हिड्नको लागि उपदेश दिन्थे । उनकी पत्नी सीताले आफ्नो पतिव्रता धर्म पालन गरेकी थिइन् । लंकेश्वर रावणको बन्धनमा परेपनि रावणले सीतालाई छुने आँट गरेनन् ।

यद्यपि रावण एक राक्षस थिए जसले जबरजस्ती माता सीतासँग विवाह गर्न सक्थे वा सीतालाई कष्ट पु¥याउन सक्थे तर उनले केही गरेनन् । यनले माता सीताको महलमा नराखी उनले अशोक वाटिकामा राखेका थिए ।

यस प्रसङ्गमा केहि कारणहरु आएका छन् ।

पहिलो कारणः नलकुबेरले रावणलाई दिएको श्राप ।

एक पटक रावणले आफ्नो विश्व विजय अभियानको लागि स्वर्ग गएका थिए । उनको त्यहाँ स्वर्गकी अप्सरा रम्भा माथी नजर गयो । अप्सराको सुन्दरतामा रावण मोहित भएर समाते । रम्भा रावणको भाईको हुने वाला पत्नी थिइन् । उनी रावणको बुहारी हुने वाला भएपनि उनले दुव्र्यवहार गरिरहे । जब नलकुबेरलाई यो कुरा थाहा भयो अनि रावणलाई श्राप दिए । भविष्यमा कहिले पनि कोही स्त्रीलाई उनको स्वीकृति बिना छोएमा वा महलमा राख्ने प्रयास गरेमा रावण आगोमा जलेर भष्म हुनेछन् ।

दोस्रो कारणः रावणले माता सीताको अपहरण गरे ताकी आफ्नी बहिनी शुर्पणखाको गरेको अपमानको बदला लिन ।

माता सीता असलमा रावणकी पहिलो छोरी थिइन् वा भविष्यवाणी गरिएको थियो । यही छोरी राक्षस प्रजातीको नाश गर्नुको कारण बनिन् । यसैले रावणको मन्त्रीहरुले सीतालाई मर्न चाहेमा एकान्त जंगलामा लगेर छोडी दिए । उक्त स्थानबाट सीतालाई मिथिलाका राजा जनकले राजकुमारी घोषित गरिदिए ।

फेरी रावणलाई थाहा भयो आफ्नी छोरी जीवीत छ र उसको स्वयंम्बर केवल बलको आधारमा चुनिदैछ अनि उनले निगरानी राख्न थाले । श्रीराम र सीता वनवास निस्किएको थाहा पाएर रावणले आक्रोसमा सीतालाई लंका लिएर आए र अशोक वाटिकामा राखे ।

सीताको लागि अशोक वाटिकामा सबै आवश्यक प्रबन्ध मिलाएका थिए । अशोक वाटिकामा रावणको आज्ञा विना कोहि पनि प्रवेश गर्न सक्दैनथे र उक्त स्थानमा सीता सुरक्षित थिइन् ।



प्रतिक्रिया दिनुहोस्