Logo

नयाँ गर्भनरको खोजी, भागबण्डामा अल्झियो नेकपा !



चैत ४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओली विरामी परेका कारण नेपाल राष्ट्र बैंकको प्रमुख पद गर्भनर नियुक्ती समयमा हुन नसक्ने पक्कापक्कि भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउदै नयाँ गर्भनर नियुक्तीमा ढिलाई गरेपनि खास कारण भने सत्तापक्षबीचमै गर्भनर कसलाई बनाउने भन्ने विवाद छ । जसले गर्दा भोलिदेखि नेपला राष्ट्र बैँक गभर्नरविहिन हुने भएको छ ।

राष्ट्र बैंकका गभर्नरका रुपमा डा. चिरञ्जिबी नेपालको कार्यकाल बुधबार सम्म मात्रै हो । गर्भनर नेपाल अवकास हुनु अगाडी नै सरकारले नयाँ गभर्नर नियुक्ति प्रकृया अगाडि बढाउनु पथ्र्यो । तर गर्भनरको नाम मन्त्रीपरिषद्मा सिफारीस गर्नु पर्ने समिति समेत गठन भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपण गरेर स्वास्थ लाभ गरिरहेकाले मन्त्री परिषद्को बैठक नबसेको बहाना बनाउदै समिति बनाइएको छैन । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्बजनिक गर्ने पत्रकार सम्मेलनमा पुरानो गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर नियुक्त भइसक्ने बताएका थिए ।

तर मन्त्री खतिवडाले भने जस्तो भएन । सरकारले जे भने पनि भित्र भित्रै कसलाई गभर्नर बनाउने भन्ने चलखेल भइरहेकाले ढिलाई भएको बुझ्न गाह्रो छैन । अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्ययी गभर्नर सिफारिस समिति बनाउनु पर्नेमा अझै सम्म राष्ट्र बैंक ऐन अनुुसार काम गर्न सकेको छैन । बुधबारसम्म नयाँ गभर्नर नियुक्त गर्न नसके बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायममुकायम गभर्नरको जिम्मेवारी पाउने छन् ।

गभर्नर नियुक्तिमा देखिएको अन्योलताका विषयमा सरकारवाला मन्त्रालयबाट सो सम्बधि उदासिनता देखाएका छन् । गभर्नर डा. नेपाल नियमअनुसार कार्यकाल सकिनु एक महिनाअघि गभर्नर विदामा बस्नुपथ्र्यो । तर, सरकारले नयाँ गभर्नर छनौटको प्रक्रिया सुरु नगर्दा र यस विषयमा अर्थमन्त्री समेत आफैं बिलखबन्दमा परी मौन बसिदिंदा डा. नेपालले नै गभर्नरको पद सम्हालिरहेका छन् ।

सरकारको प्रमुख आर्थिक तथा मौद्रिक सल्लाहकारको रुपमा रहने राष्ट्र बैंकको नेतृत्व हाँक्ने आकर्षक पदका लागि संभावित अनुहार खोज्ने प्रक्रिया सुरु नभए पनि यसमा इच्छा जाहेर गर्नेहरुको संख्या भने दैनिक रुपमा बढ्दै गएको छ । नयाँ गभर्नरको लाईनमा चिन्तामणि शिवाकोटी, लगानी बोर्डको सीइओ महाप्रसाद अधिकारी, डा. सुबोधकुमार कर्ण, डा. मिनबहादुर श्रेष्ठ, अर्थ सचिब राजन खनाल, किरणकुमार श्रेष्ठ, डेपुटी गभर्नर शिवराज श्रेष्ठ, शिवराज श्रेष्ठ, शक्तिकेन्द्रमा पुग्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्