Logo

कोरानाका कारण हुने मृत्युदर बढ्यो, युरोपमा डरलाग्दो बन्दै



चैत ४, काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ११ पुगेको छ । मंगलबार साँझसम्म एक लाख ८९ हजार एक सय ९६ जनामा कोरोना अर्थात कोभिड १९ को संक्रमण भएको छ ।

कूल संक्रमितमध्ये ८ प्रतिशतको मृत्यु भएको छ । मृत्युदर बढिरहेको छ । सोमबारसम्म ७ प्रतिशतको मृत्यु भएको थियो ।

संक्रमितमध्ये ८० हजार ८ सय ७४ जना उपचारपछि निको भएका छन् । संक्रमितमध्ये ६ हजार ५ सय १४ जनाको अवस्था गम्भीर छ भने ९४ हजार २ सय ९७ जना समान्य अवस्थामा उपचार गराइरहेका छन् ।

मृत्यु हुनेमध्ये चिनका नागरिब सबैभन्दा धेरै छन् । चिनमा ३ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने ८० हजारभन्दा धेरै संक्रमित भएका छन् । पछिल्ला दिनमा चिनमा मृत्युदर घटिरहेको छ । तर युरोप र विशेषगरी इटालीमा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

अहिलेसम्म इटालीमा २ हजार १ सय ५८ जनाको मृत्यु भएको छ । इरानमा पनि मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यहाँ अहिलेसम्म ९ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा पनि ५ सय ९ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा १ सय ४८ जनाको मृत्यु भएको छ भने अमेरिका र बेलायतमा क्रमशः ९३ र ५५ जनाले ज्यान गुमाएका छन् । नेदरल्याण्डमा पनि ४३ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्