Logo

कोरोनाका कारण युरोकपलाई धक्का, एक वर्षपछि धकेलियो



चैत ४, काठमाण्डौ । एकपछि अर्को गर्दै अन्तराष्ट्रिय खेलकूद प्रतियोगिता स्थगित भइरहेका बेला युरोकप २०२० पनि एक वर्ष पछि सरेको छ । युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए) को आजको वैठकले युरोकप २०२० लाई १ वर्ष पछि सार्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको बढ्दो प्रभावसँगै युरोकप एक वर्षलाई पछि सारिएको हो । आगामी १२ जुनबाट १२ जुलाईसम्म हुने भनिएको युरोकप अर्कोवर्षको ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ । युरोकप सरेसँगै अहिले कोरोना भाइरसकै कारण स्थगित गरिएका युरोपियन लिगहरु त्यसअघि नै सम्पन्न हुनेछन् ।

कोरोना भाइरसको बढ्दो प्रभावसँगै पछिल्लो समय प्रिमियर लिग, ला लिगा, सिरि ए लगायत युरोपका सबैजसो ठूला लिगहरु स्थगित भएका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्ट अनुसार युरोपमा इटली, स्पेन, फ्रान्स, जर्मनीलगायतका देशहरु कोरोना भाइरसबाट बढि प्रभावित छन् । युरोकपमा पनि यिनै देशहरुको सहभागिता महत्वपूर्ण मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्