Logo

इरानले किन देख्यो कोरोना भाइरसबाट दशौं लाखको मृत्यु हुनसक्ने खतरा



एजेन्सी, ४ चैत्र । इरानले कोरोना भाइरसको संक्रमणले दशौं लाखको ज्यान जान सक्ने भन्दै नागरिकलाई सावधानी अपनाउन भनेको छ । स्वास्थ्यसम्बन्धि निर्देशन पालना नगरी यात्रा र घुमफिर जारी राखेमा ठूलो संख्यामा मानिसहरुको ज्यान जानसक्ने खतरा औल्याएको हो ।

आज इरानको राष्ट्रिय टेलिभिजनले महामारी बनेको कोरोना भाइरसबाट दशौं लाखको ज्यान जाने खतरा रहेको उल्लेख गरेको हो । इरानमा कोरोना भाइरस महामारीका रुपमा फैलिइरहेको छ । त्यहाँ १५ हजार संक्रमितको तथ्यांक छ भने मर्नेको संख्या एक हजार नजिक पुगिसकेको छ ।

इरान सरकारले संक्रमणलाई दृष्टिगत गरी हिंडडुल नगर्न आग्रह गरेको छ । अत्यावश्यक सेवा बाहेक विद्यालय, कलेजलगायत क्षेत्र बन्द गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्