Logo

सानो व्यवसायलाई फेसबुकद्वारा आर्थिक सहयोग



एजेन्सी, ५ चैत । फेसबुकले सानो व्यवसायहरुलाई १० करोड आर्थिक सहयोग गर्ने भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले विश्व बजारमा निकै असर परेको छ । भाइरसका कारण सानो व्यवसायलाई समेत असर परेको कारण फेसबुकले मंगलबार १० करोड सहयोग गर्ने जनाएको हो ।

विपत्तिमा सहयोग गर्दा सोना व्यवसायलाई समर्थन मिल्ने कारण फेसबुकले सहयोग गरेको जनाएको छ । उक्त अवस्थामा फेसबुले सम्पूर्ण सानो व्यवसायलाई रकम हस्तान्तरण गर्ने जनाएको छ । फेसबुकले ३० देशमा रहेको ३० हजार सानो व्यवसायलाई सहयोग गर्ने जनाएको छ ।

अ‍ेमरिकामा कोरोना संक्रमितको संख्या चार हजार छ सय ६१ पुगेको छ । उक्त भाइरसको संक्रमणबाट ८५ जनाको मूत्यु भइसकेको छ । भाइरस विश्वको एक सय ६० देशमा भाइरस फैलिसकेको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको छ । विश्भरीका एक लाख ८० हजार मानिस भाइरसको संक्रमणबाट प्रभावित भएका छन् भने ७ हजार को मूत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्