Logo

कोरोना भाइरसबाट अमेरिकामा २२ लाखको मृत्यु हुनसक्ने



एजेन्सी, ५ चैत्र । कोरोना भाइरसबाट अमेरिकामा पाँच दिनमै मर्नेको संख्या दोब्बर बढेको छ । यो अनुपातले त्यहाँ अझ धेरै मानिसको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

एक अध्ययनले अमेरिकामा कोरोना भाइरसको महामारीले २२ लाखको ज्यान जानसक्ने अनुमान गरेको छ । इम्पेरियल कलेज अफ लण्डन कोभिड १९ रेस्पोन्स टिमको अध्ययन प्रतिवेदनले यो अनुमान गरेको हो ।

अमेरिकाले सवधानी अपनाएर कोरोना भाइरसको संक्रमणविरुद्ध कदम चाल्नुका बाबजुद मानिसहरुको मृत्यु नरोकिने भनिएको छ । अध्ययन प्रतिवेदन ह्वाइट हाउसलई एक हप्ता अघि नै हस्तान्तरण दिइसकिएको छ ।

सबैभन्दा बढी जोखिममा निम्न आर्थिक अवस्था रहेका अमेरिकीहरु रहेको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य सुविधाका बाबजुद अमेरिकीहरु झन् जोखिममा रहनुले त्यहाँ त्रास फैलिएको छ ।

युरोपमा पनि लाखौं मानिसको मृत्यु हुनसक्ने खतरा औल्याइएको छ । जर्मनीको आधा जनसंख्या कोरोना भाइरसको संक्रमणमा पर्नसक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्