Logo

कोरोना पत्ता लगाउने उपकरण रुसी वैज्ञानिकद्वारा अविष्कार



एजेन्सी, ५ चैत । रुसी कम्पनीले कोरोनाको संक्रमण पत्ता लगाउने उपकरण अविष्कार गरेको छ । उपकरणले कोरोना संक्रमण रहेको १५ मिनेटमै पत्ता लगाउने विषय रुसको राष्ट्रिय प्राविधिकले बुधबार सार्वजनिक गरेको हो । उपकरणको परिक्षण अन्तिम चरण रहेको जनाएको छ । उपकरण पोर्टेबल हुने समेत जनाएका छन् । अप्रिल महिनादेखि नागरिकहरुले उपयोग गर्न सक्ने जानकारी रुसको राष्ट्रिय प्राविधिकले जनाएको छ ।

परिक्षण गर्न उपकरणमा पोलीमेरेज चेन प्रक्रिया जडान गरिएको छ । राष्ट्रिय प्राविधिकले उक्त उपरकरणले नाक र घाँटीको परिक्षण गर्ने जनाएको छ ।

कोरानोको संक्रमण ४० मिनेटमा पत्ता लागाउन उपकरण चिनले फेब्रुअरीमा बनाएको विषयलाई साउथ चाइना मार्निङ पोस्टले सार्वजनिक गरेको थियो । त्यसैगरी कोरोनाको संक्रमण डेढ घण्टामा पत्ता लगाउने उपकरणको निर्माण रुसले मार्चमा निकाले थियो ।



प्रतिक्रिया दिनुहोस्