Logo

कोरोना भाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने



एजेन्सी, ५ चैत्र । विश्वभर महामारी बनेको कोरोना भाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । विश्वको आर्थिक क्षेत्रमा २० खर्ब ४० करोड डलर नोक्शान हुने प्रक्षेपण गरिएको छ ।

द अष्ट्रेलियन नेस्नल युनिभर्सिटीले गरेको अध्ययनबाट यस्तो अनुमान गरिएको हो । कोरोना भाइरस संक्रमणको सातवटा अवस्थाको अध्ययन गरी सँसारभर पुग्ने नोक्शानबारे अनुमान गरेको हो ।

सँसारका सबै देशहरु प्रभावित भइसकेको कोरोना भाइरसले बढी र घटी नोक्शान पुर्याउने बुझिएको छ । तर, सँसारभर कुल ग्राहस्थ उत्पादनमा गम्भीर पर्ने भनिएको छ ।

यसैगरी, अमेरिकामा मात्र कोरोना भाइरसको महामारीले २२ लाखको ज्यान जानसक्ने अनुमान गरिएको छ । इम्पेरियल कलेज अफ लण्डन कोभिड १९ रेस्पोन्स टिमको अध्ययन प्रतिवेदनले यो अनुमान गरेको हो । अमेरिकाले सवधानी अपनाएर कोरोना भाइरसको संक्रमणविरुद्ध कदम चाल्नुका बाबजुद मानिसहरुको मृत्यु नरोकिने भनिएको छ ।

चीनको वुआन क्षेत्रमा सन् २०१९ को अन्ततिर देखापरेको कोरोना भाइरस विश्वका सबैजसो देशहरुमा संक्रमण देखिइसकेको छ । विश्वमा झण्डै दुई लाख मानिसमा संक्रमण भएको पुष्टि भइसकेको छ । मर्नेको सख्या सात हजार नाघिसकेको छ । चीनमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसपछि इटाली र इरानमा बढी मानिसको मृत्यु भएको छ । युरोपमा महामारी बनेको छ । सिंगो युरोप नै बन्द गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्