Logo

वार्ताका लागि ओली सरकार बर्हिगमन हुनुपर्ने विप्लव समूहको शर्त



काठमाडौं, ५ चैत्र । नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बर्हिगमनलाई शर्त बनाएको छ । उसले वार्ताको विषय हल्लामात्र भएको भन्दै ओली सरकारको बर्हिगमन नभई वार्तामा नबस्ने भनेको हो ।

‘नेकपाले ओली सरकारको बर्हिगमन हुनुपर्ने र त्यसका लागि सदन र सडकमा रहेका सबै पार्टी र शक्तिसँग सहकार्य हुनुपर्ने बताएको छ,’ चन्द निकट नेकपाको आधिकारिक धारणा सार्वजनिक गर्दै आएको इरातोखबरले आज भनेको छ, ‘ओली सरकार अगूगामी राजनीतिक निकासको बाधक बनेको नेकपाको निष्कर्ष छ ।’

विप्लव समूहले वार्ताको बहस बेमौसमी हल्लामा सिमित देखिएको टिप्पणी समेत गरेको छ । सत्तारुढ नेकपा आफै अनिणयहीन र निरिह बनेको निष्कर्ष विप्लव समूहको छ । उसल भनेको छ, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति देशको कार्यकारी प्रमुख रहिरहने स्थितिमा छैन । ओलीको कुर्सीमोहले देश अकर्मण्यताको बन्दी बनिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्