Logo

८ विद्यार्थी संगठनद्वारा संयुक्त रुपमा बजार अनुगमन गर्ने निर्णय



काठमाडौं, ५ चैत्र । विभिन्न ८ विद्यार्थी संगठनले कालोबजारी र अनियमतिता रोक्नको लागि बजार अनुगमन गर्ने निर्णय गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, अखिल छैठौं, अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) र राप्रविसं (संयुक्त) लगायत विद्यार्थी संगठनको मंगलबार काठमाडौंमा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो।

कोरोनाभाइरस संक्रमण फैलन सक्ने भन्दै उच्च सतर्कता अपनाइरहेको मौका छोपेर व्यापारीहरूले कृतिम अभाव सिर्जना गरेपछि विद्यार्थी संगठनले बजार अनुगमन गर्ने निर्णय गरेका छन्। अनेरास्ववियूका अध्यक्ष ऐन महरले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार संयुक्त बैठकले तत्काल बजार अनुगमन गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्