Logo

नेकपा सचिवालय बैठकमा आज यी विषयमा छलफल हुँदै



काठमाडौं, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक अहिले केही बेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएर बालुवाटार फर्केपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको आजको बैठकमा कोरोनाबाट कसरी नेपाललाई जोगाउने भन्ने विषयमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ । त्यसको अलावा, पार्टी एकताका बाँकी काम खासगरी संगठनात्मक एकताका बाँकी कार्यभार पूरा गर्नेगरि छलफल हुनेपनि दाहालनिकट स्रोतले जनाएको छ । त्यस्तै, अमेरिकी सहयोग एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे पनि छलफल हुने भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्