Logo

भारतीय प्रधानमन्त्री र साउदी राजाबीच वार्ता



५ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ ।

उनीहरुले मङ्गलबार टेलिफोनमा कुराकानी गर्नुभएको भारतीय अधिकारीले जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनीहरुबीच मुख्य गरेर कोरोना भाइरसको सङ्क्रमण, त्यसबाट बच्न र त्यसका कारण हुने उत्पन्न परिस्थितीका बारेमा कुराकानी भएको जनाइएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले कोरोना सङ्क्रमण नियन्त्रण र सामना गर्न संंयुक्त पहल र सहकार्य आवश्यक भएकोमा जोड दिएका थिए ।

कोरोना सङ्क्रमणको महामारीले विश्वका लाखौँ मानिसलाई प्रभावित पारेको र अर्थतन्त्रसमेतमा नराम्ररी असर परेको भन्दै दुवै नेताले चिन्ता व्यक्त व्यक्त गरेका थिए।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नै अग्रसरता र प्रस्तावमा सार्कस्तरीय भिडियो सम्मेलनसमेत गराएका थिए ।

दुई नेताले जी–२० देशका बीचमा पनि यस्तै भिडियो सम्मेलन गराउन प्रस्ताव र प्रयास गर्ने सहमति पनि भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्