Logo

आँचल-उदीपको रिसेप्सन पार्टीमा चर्चित कलाकारहरु नै गएनन्



काठमाडौं, ५ चैत्र । चर्चित नायिका आँचल शर्माको विवाहको रात्रिभोजमा बोलाएका कलाकारहरु नै अनुपस्थित् भएका छन् । कोरोनाको सन्त्रासको कारण अधिकांश कलाकारहरु उक्त रिसेप्सन पार्टीमा नगएको स्रोतको दाबी छ ।

स्रोतकाअनुसार बोलाइएकामध्ये महानायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मिथिला शर्मा, गौरी मल्ल निखिल उप्रेती लगायतका हस्तीहरु नै सहभागी भएका थिएनन् ।

ती चर्चित कलाकारहरु रिसेप्सन पार्टीमा नजानुको प्रमुख कारण भनेको कोरोना भाइरसको सन्त्रास नै भएको बुझिएको छ । कतिपयले कारोनाकै कारण आँचलको विवाहको रिसेप्सन पार्टीमा बोलाएकामध्ये ५० प्रतिशतको मात्रै उपस्थिति रहेको पनि बताएका छन् । युवा स्टारहरु अनमोल केसी, प्रदीप खड्काहरु समेत उक्त पार्टीमा सहभागी भएका थिएनन् । file photo



प्रतिक्रिया दिनुहोस्