Logo

किशोरीलाई बलात्कार गरेपछि…



भक्तपुर, ५ चैत । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुरका चाँगुनारायण ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्