Logo

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ



काठमाडौं, ५ चैत्र । श्रोत नखुलेको भारतीय ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, हेटौडा उपमहानगरपालिका स्थितबाट श्रोत नखुलेको भारतीय रुपैयाँ सहित भारत बैरातपुर जिल्ला पैरोसव बस्ने बिजय चौधरी समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबि २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका स्थित जनकपुर एयरपोर्टबाट २ हजार दरको नोट १ सय ५० थानमा रहेको ३ लाख श्रोत नखुलेको भारतीय रुपैयाँ सहित भारत मुजफरपुर बस्ने शिवम कुमारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौं जान लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्