Logo

युधिष्ठिरले स्वर्गमा कसरी कुकुरलाई सँगै लगे



यदुवंशको नाश अर्जुनले गरेका थाहा पाएर युधिष्ठिर धेरै दुखी भएका थिए । महर्षि वेदव्यासको करा मानेर द्रौपदीसहित पाण्डवले राजगद्दी  त्याग गरेर स्वर्ग जानेको निश्चय गरेका थिए । युधिष्ठिरले युयुत्सुलाई बोलाएर सम्पुर्ण राज्यको जिम्मा दिएका थिए । परीक्षितको राज्यभिषेक गरिदिए । यसपछि आफ्नो भाईहरुको साथमा स्वर्ग निस्केका थिए ।

पाँच भाईको साथमा एक कुकुर पनि थियो । यात्रा गर्दै गर्दै पाण्डवहरु हिमालय पर्वतसम्म गए । जब पाण्डवहरुले हिमालय पार गरे, तीनीहरुले बालुवाको समुन्द्र देखे । यसपछि उनिहरुले सुमेरु पर्वतको दर्शन गरे । पाँच पाण्डव, द्रौपदी तथा कुकुर आगोमाथी जान लागे । उक्त समयमा द्रौपदी लडिन् । यसपछि नकुल, सहदेव, अर्जुन र भीम लडेर मरे ।

युधिष्ठिर स्वर्ग जानको लागि केही टाढा गएका थिए, स्वयंम देवराज इन्द्र आफ्नो रथ लिएर आए । तर युधिष्ठिरले इन्द्रलाई भने “भाई र द्रौपदी बाटोमा लडे तैपनि हाम्रो साथ हिँडे । यस्तो व्यवस्था मिलाउनुहोस् । ” तब इन्द्रले भने “सबै पहिल्यै पुगी सके । उनीहरु शरीर त्यागेर स्वर्ग पुगीसके र तपाई शरीर सहित स्वर्गमा जानुहुन्छ । ”

इन्द्रको कुरा सुनेर युधिष्ठिरले भने “यो कुकुर मेरो परम भक्त हो यसैले यो पनि मेरो साथ स्वर्ग जानको लागि आज्ञा दिनुहोस् । ” तर इन्द्रले यसो गर्नबाट रोकिदिए । धेरै बेर सम्झाउदा पनि युधिष्ठिर कुकुर बिना स्वर्ग जान मानेनन् । कुकुरको रुपमा यमराज आफ्नो वास्तविक रुपमा आए । –त्यो कुकुर वास्तवमा यमराज थियो । युधिष्ठिरलाई आफ्नो धर्ममा अडिग देखेर यमराज धेरै प्रसन्न भए । यसपछि देवराज इन्द्र युधिष्ठिरलाई आफ्नो रथमा बसाएर स्वर्ग लगे ।



प्रतिक्रिया दिनुहोस्