Logo

कोरोना संक्रमणको डरले भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित



चैत ५, काठमाण्डौ । भोलिदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित भएको छ । विश्वभर संक्रमण फैलिएको कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले परीक्षा स्थगित गरेको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समितिले स्थगित गरेको हो ।

प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेकोसचिवालय बैठकमा उपप्रधानमन्त्री समेत रहेका कारोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले एसईई परिक्षा स्थगीत गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।

धेरै विद्यार्थी एकै ठाउँमा भेला भएर परीक्षामा सहभागि हुने भएकाले भाइरस संक्रमणको खतरा बढि हुने भएकाले परीक्षा प्रभावित भएको हो । यसअघि भाइरसबाट जोगाउनका लागि उच्च सतर्कतासहित परीक्षामा सहभागि गराउने सरकारको तयारी थियो ।

आजै परीक्षासँग सम्बन्धित सबै तयारी पनि पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो । कोरोनाका कारण परीक्षाको हुने कि नहुने भन्ने विवादै विवादको बीचपनि एसईईको सम्पूर्ण तयारी पूरा गरिएको थियो । परीक्षाको नयाँ मिति तोकिएको छैन । परीक्षामा जम्मा चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी तयारी गरेर बसेका थिए ।



प्रतिक्रिया दिनुहोस्