Logo

एनसेलको युवालक्षित ‘सही यो ! पावर सिम’



काठमाडौं, चैत्र ५ :  नेपाली युवाले अब उनीहरूकै लागिविषेश रूपमा तयार गरिएको एनसेलको नयाँसिम योजनाबाट फाइदा लिन सक्नेछन् । एनसेल प्राईभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्नेछन् ।

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामीम्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमकाविषेशताहुन् । यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् ।

ग्राहकहरूले करसहित मात्र रु. ९९ मा बिहीबार (चैत्र ६) बाट यो सिम लिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालकअनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्रआवश्यक पर्दछ । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबीफोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतःआउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो-सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् ।

यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै रु. १०० वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माई फाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माई फाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माई फाइभ नम्बरहरूमा बिनाकुनै शु:ल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ ।

यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक रु. १०० को खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबीफोरजी) बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् ।

‘सही यो!पावर सिम’प्रयोग गर्ने ग्राहकका लागिआकर्षक डेटा प्याकपनि छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् । ग्राहकले करबाहेक रु. ११० मा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्ले लाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेक मात्र रु. १०५ मा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् । म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् ।

युवा पुस्ताकालागिविशेष र विभिन्न सेवाहरुको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ल्याउन पाएकोमा एनसेल हर्षित छ । यो योजनाले आधुनिक युवा वर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको छ ।



प्रतिक्रिया दिनुहोस्