Logo

चैतमा कुनैपनि परीक्षा नहुने



काठमाडौं, ५ चैत्र । सरकारले चैतभर हुने तय गरेका सबै परीक्षा स्थगित गरेको छ । एसईई परीक्षा अन्तिम समयमा आएर आज साँझ स्थगित गरेको सरकारले विश्वविद्यालयको परीक्षा पनि स्थगित गरेको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने गरी तोकिएको विश्वविद्यालयको परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको स्नातक र स्तानकोत्तर तहको परीक्षाको तालिका सार्वजनिक गरिसकिएको थियो । अब ती परीक्षा सबै स्थगित गरिएका छन् ।

यसअघि सार्वजनिक तालिका अर्को सूचना प्रकाशित गरी पुनः जानकारी गराइने जनाइएको छ । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले यात्रा बन्द देखि लकडाउनसम्मको नीति सार्वजनिक गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्