Logo

सानै उमेरमा पोइला जाने युवतीको संख्या बढेपछि मोबाइल प्रतिबन्ध



चैत ६, बिरगंज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध  लगाउने निर्णय  गरेको हो । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय भएको हो ।
उक्त वडाको चौरहरिया टोलबाट एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागेका थिए । छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर गएका थिए । गुनासो सम्बोधन गर्न यस्तो निर्णय गर्नुपरेको वडाले जनाएको छ ।
अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध लगाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्