Logo

कोरोना भाइरसको भविष्यवाणी गर्ने महिलासँग ३० मिनेट कुरा गरेको सात सय डलर



एजेन्सी, ६ चैत्र । यी महिला हुन् सिल्भिया ब्राउनी । यीनले १२ वर्ष अघि कोरोना भाइरसबारे भविष्यवाणी गरेकी थिइन् जुन सत्य सावित भएको छ । यीनले आफूसँग अलौकिक शक्ति भएको दाबी गर्थिन् । उनको भविष्यवाणी धेरै सत्य सावित भएका थिए ।

भविष्यवाणी मिलाउने भएकाले उनलाई भेट्न सँसारका शक्तिशाली मानिसहरु पनि पुग्थे । उनीसँगको भेट निकै महँगो थियो । उनीसँग कुरा गर्न पनि ठूलो धनराशी खर्च गर्नुपथ्र्यो । उनीसँग ३० मिनेट प्रश्न गरेर उत्तर पाउन हरेक मानिसले ७०० डलर तिर्नुपथ्र्यो । उनको आयस्रोत नै यही थियो । उनी कतिपय टेलिभिजन शोमा पनि सहभागी हुन्थिन् । यसबाहेक उनको पुस्तक बढी बिक्ने मध्येका थिए । त्यसको रोयल्टी वापत् पनि आर्जन हुन्थ्यो ।

१९ अक्टोबर सन् १९३६ मा जन्एिकी ब्राउनीको अलौकिक शक्ति तीन वर्षकै उमेरदेखि देखिएको उल्लेख छ । न्युयोर्क टाइम्सका अनुसार उनका ४० पुस्तक प्रकाशित छन् । उनले ४० वर्षमा अंग्रेजी विषयमा स्तानक गरेकी थिइन् ।

ब्राउनीको सन् २००८ मा प्रकाशित ुइन्ड अफ डेजु पुस्तकमा निमोनिया जस्तै खतरनाक रोग सन् २०२० मा फैलन भनिएको थियो । पुस्तकमा फोक्सोमा असर गर्ने र निमोनिया जस्तै रोगको संक्रमण फैलन भनिएको थियो । यस्तो भविष्यवाणी गरिएको पुस्तक लेख्ने लेखिका सिल्भिया ब्राउनी हुन्।

भविष्यवाणी गरिएको पुस्तक प्रकाशित भएको अर्को वर्ष नै ब्राउनीको ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी आफूलाई अलौकिक शक्ति भएको नारी मान्थिन् । भविष्यवाणी गरिएका पुस्तक लेख्थिन् । आध्यात्मिक पुस्तक लेखेर करोडौं कमाइन् ।

कतिपय आपरधिक घटनामा प्रहरीलाई सहयोग गरेको दाबी गर्थिन् । हराएका मानिस ज्युँदो छन् कि मरेका छन् समेत भन्थ्नि । कतिपय घटनामा उनले हराएको मानिस कहाँ छन् भनेर सत्य पत्ता लगाइदिएकी थिइन् । यसकारण पनि उनी आफूमा अलौकिक शक्ति भएको दाबी गर्थिन् ।

भविष्यवाणी गर्ने ब्राउनीले ४० पुस्तकहरु प्रकाशित गरिन् । जसमध्ये भविष्यको बारेमा बढी उल्लेख थियो र बढी विक्री भएकामध्ये पर्दथे । उनका पुस्तकमध्ये सिक्रेट्स एन्ड मिस्ट्रिज अफ दी वल्र्ड, इफ यु कुड सी ह्वाट आई सी, इन्साइट र इन्ड अफ डेज बढी विक्री भएकामा पर्छन् । इन्ज अफ डेजमा नै उनले सन् २०२० मा निमोनिया जस्तै रोग फैलन लेखेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्