Logo

कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था छैन् : प्रसाई



काठमाडौं, ६ चैत्र । नागरिक समाजका अगुवा चरण प्रसाईले कोरोना भाइरसको मामलामा सरकारलाई विश्वास गर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले टेकु अस्पतालका प्राविधिकले बिरामी फर्काइ दिएकोमा आपत्ति गर्दै सरकारको विश्वास गुमेको गुनासो पोखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘विरामी फर्काउने र राम्ररी चेकजाँच नहुने भएपनि सरकारलाई कसरी विश्वास गर्ने ?’ स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिका कारण पनि झन विश्वसनियता गुम्दै गएको उनको भनाई थियो ।

प्रसाईंले कसैलाई पनि नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा खेलवाड गर्ने छुट नभएको भन्दै सरकारको यसतर्फ ध्यानाकार्षण गराए । सरकारले जनतालाई कोरोना भाइरसबारे जानकारी दिनुपर्ने उनको जोड थियो । धेरै मानिसमा समस्या लिएर अझैपनि कहाँ र कसरी जाने भन्नेमा अन्यौलता रहेको भन्दै सरकारले जनतालाई स्पष्ट र आश्वस्त पार्न नसकेको उनको गुनासो थियउो । उनले भने,‘सरकारले जनताको आशंका मेटाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्