Logo

मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं, ६ चैत्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल९भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताएका थिए ।

भेटमा मन्त्री अर्यालले नेपाल९भारतबीचमा केही विषयहरु लामो समयदेखि विवादमा रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताईन् । ‘हिजोदेखि थाती रहेका केही विषयहरु छन् । जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले भनिन्,‘ती कुराहरु यहाँको कार्यकालमा अगाडि बढ्न सकोस् ।’ मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दै गरेर बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पुरा गर्ने अपेक्षा व्यक्त गरिन् ।

त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंशा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दुतावासले सहकार्य गर्न सक्ने बताए । यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताए । उनले भने,‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस, हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरु आपसमा शान्तिपुर्वक बसेर समाधान गर्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्