Logo

पर्यटन क्षेत्रलाई कर तिर्ने समय पछाडि सार्ने सरकारको तयारी



काठमाडौं, चैत ७ । अर्थमन्त्री र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोनाले प्रभाव पार्ने उद्योगमा करको भुक्तानीलाई केही पर सार्नेबारे तयारी भइरहेको बताएका छन्। सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगको प्रकृति हेरेर काम गर्न पर्ने भएकाले तयारीमा समय लागेको बताए। कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा समस्या आएकाले त्यस विषयमा तयारी गरिएको उनले बताए।

मन्त्री खतिवडाले पर्यटन क्षेत्रको ऋणलाई पुनर्तालिकीकरण गर्नेबारे पनि छलफल भइरहेको बताए। अन्य वित्तिय सहयोग गर्न सकिने उनले बताए।

फेब्रुअरी र मार्चको पर्यटनको सिजनलाई प्रभावित बनाएको भन्दै उनले अफसिजनमा यसलाई परिपूर्ति गर्नेगरी काम हुने उनले बताए। पर्यटन क्षेत्रका कर्मचारीहरुलाई कल्याणकारी कोष परिचालन गरेर समस्या समाधान गरिने उनको भनाई रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्