Logo

केबलकार, सिनेमाघर र हाटबजार बन्द गर्न स्थानीय प्रशासनको निर्देशन



७ चैत : कुरिनटारको चेरेशमा रहेको मनकामना केबलकार र जिल्लामा सञ्चालन हुँदै आएका हाटबजारलाई बन्द गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले केबलकार र हाटबजारमा सर्वसाधारणको ठूलो जमघट हुने भएकाले तत्कालका लागि बन्द गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनका अनुसार केबलकार सञ्चालकले सूचना प्रवाह गर्न एक दिनको समय माग गरेकाले केवलकार शनिबारबाट बन्द गर्न भनिएको छ । हाटबजार र सिनेमाघर आजबाट बन्द गर्न सूचना जारी गरिएको छ । मनकामना मन्दिर दर्शन गर्न जाने केबलकार चितवनको कुरिनटारस्थित चेरेशमा रहेको छ । तत्कालका लागि वैकल्पिक व्यवस्थाको खोजी गर्न भन्दै हाटबजार बन्द गर्न भनिएको हो । यस्तै जिल्लाका सबै सिनेमा घर पनि बन्द गर्न निर्देशन दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्