Logo

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौँ, ७ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले साँझ ६ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपाय विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने बताइएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्