Logo

जुवातास खेलिरहेको अवस्थामा पक्राउ



काठमाडौं, ७ चैत्र । जुवातास खेलिरहेको अवस्थामा एक लाख ५३ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका स्वयम्भू बिजेश्‍वरीस्थित सरोज लामाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने सम्पुर्ण बुद्धाचार्य समेत ५ जनालाई नगद १ लाख ५३ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्