Logo

उच्च सरकारी वकिल कार्यालयका सहयोगी अख्तियारको फन्दामा



काठमाडौ, ७ चैत्र । उच्च सरकारी वकिल कार्यालयका सहयोगीमाथी १५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । उच्च सरकारी वकिल कार्यालय, बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी सम्बन्धी मुद्दाको बन्दी प्रत्यक्षिकरणमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग पटक÷पटक घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले १५ हजार सहित नियन्त्रणमा लिएको थियो ।

यादवलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्