Logo

भानु नगरपालिकाका कार्यालय सहयोगीमाथी अख्तियारको मुद्दा



काठमाडौ, चैत्र ७ । भानु नगरपालिकाका कार्यालयका कार्यालय सहयोगी हेलन गुरुङले नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरी नियुक्ति लिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । भानु नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत गुरुङले झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति भएको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।

गुरुङले हिमालय बोर्डिङ स्कुल चुँदी, तनहुँबाट कक्षा ८ पास गरेको भन्ने झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०७५।०१।२० मा भानु नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्ति भई सरकारी लाभ लिएको पुष्टि भएको थियो । गुरुङलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारको प्रवक्ताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्