Logo

राष्ट्रिय संगीतकर्मी संघले चैत्र २१ लाई कोरोना विरुद्धको जनचेतना अभियानको रुपमा मनाउने



काठमाडौं, ७ चैत्र । राष्ट्रिय संगीतकर्मी संघको केन्द्रीय समितीको बैठक अध्यक्ष राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चैत ४ गते केन्द्रीय कार्यालय कोटेश्वरमा सम्पन्न भएको छ। समितिले निम्न लिखित निर्णयहरु गरेको जनाइएको छ ।

१.आगामी बैशाख ११ १२ र १३ गते काठमाडौको टुडिखेलमा गरिने भनिएको राष्ट्रिय लोक दोहोरी तारा २०७७ कोरोना भाइरसको कारण जिल्ला प्रसासन कार्यालयले ठुला कार्यक्रम नगर्नु भनी सूचना प्रकासित गरेको कारण हाललाई स्थगित गर्दै अनुकुल बाताबरण हुने साथै गर्ने गरी मिति आगामी बैठकमा तय गर्ने निर्णय गरिएकाे छ।अगिल्लो बैठकले गरेको निर्णय अनुसार कार्यक्रम मुल आयोजक समितीका सम्योजक राजेन्द्र कुमार कार्की र कार्यक्रम सम्योजक अमृत खाती यथावत रहनु भएको छ ।

२. सस्थाका प्रथम उपाध्यक्ष तथा बहुचर्चित गायक प्रकाश कटुवाल सस्थाको कास्की साखाले पोखरामा गर्न लागेको कार्यक्रममा जाने क्रममा सामान्य विवादलाई आधार बनाएर जुन किसिमले अनुसन्धानको लागि भन्दै थुनामा राखिएको छ तेस्को घोर भर्सना गर्दै निर्दोष प्रकाश कटुवाललाई अावासेक प्रक्रिया पूरा गरि रिहाइ गर्न माग गरिएको छ।

३. सस्थाको पन्धौ स्थापना दिवस येहि चैत्र -२१ गते केन्द्र प्रदेस र सम्पुर्ण जिल्ला साखाहरु कोरोना भाइरलको कारण तेहिको जनचेतना फैलाउन मद्दत पुग्ने गरि मनाउने निर्णय गर्दै सबै प्रदेश र जिल्लालाई तेहि अनुसार मनाउन जानकारी गराइयेको छ।

४. सस्थाको निम्न अनुसारको केन्द्रीय सचिबालय गठन गरियेको छ।अध्यक्ष राजेन्द्र कुमार कार्की नमराज ढुंगाना उमा श्रेष्ठ श्याम धिताल अमृत खाती बिक्रम जङ शाह गोबिन्द दुलाल होम सुवेदी सर्मिला श्रेष्ठ मिलन श्रेष्ठ नारायण सापकोटा चन्द्र खडका राज कुमार हुमागाइ रहनु भएको छ।

५. नब निर्बाचित केन्द्रीय सदस्य सन्तोष अधिकारीलाई अध्यक्ष बाट सफल कार्येकालको कामना सहित पद तथा गोपनियताको सपथ खुवाइएको छ।

६. भर्खरै सम्पन्न चलचित्र पत्रकार संघको चुनाबमा सस्थाका सदस्य एबम सधैब माया गर्ने गोपिकृष्ण अत्तेधिक मतको साथमा केन्द्रीय सदस्यमा निर्बाचित भयेकोमा सफल कार्यकालको कामना सहित केन्द्रको तर्फबाट सम्मान गरिएको छ।

७. सस्थाका केन्द्रीय सचिब सर्मिला श्रेष्ठ र काभ्रे जिल्ला साखा सचिब दिनेश तामाङको एकैदिन परेको जन्म दिनको केक काटेर मनाइएको छ।



प्रतिक्रिया दिनुहोस्