Logo

क्यालिफोर्निया ‘लक डाउन’, ४ करोड मानिस ‘क्वारेन्टाइन’मा



क्यालिफोर्निया, चैत ८ । अमेरिकाको क्यालिफोर्नियामा ४ करोड मानिसलाई अनिश्चित कालका लागि ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गरिएको छ ।

अत्यावस्यक काम वाहेक सबै नियमित कामकाजमा पनि प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि क्यालिफोर्नियामा होम क्वारेन्टाइन लगाइएको हो । ‘होम आइसोलेसन मैले चाहेको कुरा हैन । मलाई थाहा छ, यो तपाईँहरुको पनि रुचीको कुरा हैन । तर यो आवस्यक छ,’ गभर्नर गभिन न्युसमले भने ।

गभर्नरले स्थानीय सबैलाई एकअर्का नजिक नबस्न र पनि आग्रह गरेका छन् । यसअघि नै उनले क्यालिफोर्नियामा जमघट र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएको घोषणा गरिसकेका थिए । अमेरिकाको क्यालिफोर्नियामा मात्रै ६ सय ७५ जना संक्रमित छन् । साथै १६ जनाको मृत्यु भएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्